१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दुर्घटनामा एकजनाको मृत्यु

रुपन्देही — बुटवलको ढवाहामा सोमबार मोटरसाइकल दुर्घटनमा परी एकजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-१२ मा दुर्घटना भएको हो । 

दुर्घटनामा परी गुल्मीका २६ वर्षीय सुवास पछाईंको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए । उनका अनुसार मुख्य राजमार्गबाट दक्षिण लागेको लु २ च ३२६ नम्बरको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३२ प ५००१ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा पछाईंको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।

प्रकाशित : भाद्र २, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?