चन्द समूहका ४ जनाले गरे आत्मसमर्पण

हरि गौतम

रुकुम पूर्व — प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका ४ कार्यकर्ताले आत्मसर्पण गरेका छन् । रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरुले शुक्रबार आत्मसमर्पण गरेका हुन् । चन्द नेतृत्वका भूमे गाउँपालिकाका पूर्व इन्चार्ज तथा हालका कार्यकर्ता रोल्पाको थवाङ गाउँपालिका-१, घर भइ भूमे गाउँपालिका-२, बस्दै आएका २५ वर्षका बालकुमार बुढा मगर सहित ४ जनाले आत्मसमर्पण गरेका हुन् ।

चन्द समूहका ४ जनाले गरे आत्मसमर्पण

उनीसँगै भूमे गाउँपालिका-६, महतका ३० वर्षीय बटकुमार बुढा मगर, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल र महतकै २४ वर्षीय महेश सुनारले आत्मसमर्पण गरेका हुन् । उनीहरु चन्द समूहका सक्रिय र भूमिगत कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयसँगको सम्पर्क मार्फत उनीहरुले जिल्ला प्रशासन कार्यालयमा आत्मसपर्मण गरेको जिल्ला प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए ।


नेपालको संविधान अनुसार सामान्य जीवनयापन गर्ने भन्दै उनीहरुले अनुरोध गरेपछि आत्मसमर्पण गराइएको डीएसपी खड्काको भनाई छ । उनीहरुले उक्त समूहसँगको सम्पूर्ण सम्बन्ध टुटाइसकेको प्रहरीले जनाएको छ । यस अघि साउन २८ गते प्रहरीले जिल्ला सेक्रेटरी देवीलाल पुन सहित सहित ६ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित : श्रावण ३१, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?