ट्याक्टरबाट खसेर मृत्यु

कान्तिपुर संवाददाता

दाङ — तुलसीपुरमा ट्याक्टरबाट खसेर शनिबार राति १ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १२ रजेनीबाट जसपुरतर्फ जाँदै गरेको लु २ त ३४३५ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय ४५ वर्षीय रामकृष्ण चौधरीको मृत्यु भएको हो । 

खसेर सख्त घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए । ट्रेक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण १९, २०७६ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्

डुङ्गा दुर्घटना हुँदा फिलिपिन्समा २५ को मृत्यु, ६ बेपत्ता

रासस/सिन्ह्वा

मनिला — फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ  । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ । इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको अवधिमा तीनवटा डुङ्गा पल्टिएको जनाइएको छ । आँधीले समुद्रमा ठूलो छाल ल्याएको थियो ।

आँधी, छाल र बर्षाका कारण यस क्षेत्रको मौसम खराब भएको छ भने यात्रुहरुले पनि दुःख पाएका छन् ।

प्रकाशित : श्रावण १९, २०७६ १२:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्