१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

भारतमा नेपालीको हत्या आरोपमा दुई पक्राउ 

कमल पन्थी

बर्दिया — गतवर्ष भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा एक नेपालीको हत्या गरेको आरोपमा शनिबार दुई जना पक्राउ परेका छन् ।

भारतको सुगौली थानानजिक बैरीखल्ला जंगलमा राजापुर नगरपालिका—१० का हाउजे भनिने इन्द्रबहादुर थारुको गतवर्ष भदौ ७ मा नेपालीबाटै हत्या गरिएको दाबी गर्दै आफन्तले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।


राजापुर—६ महुवाका वीरेन्द्र शाह र बालकृष्ण चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । फरार अभियोग सूचीमा रहेका सोही ठाउँका गोपाल चन्दको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जनाए ।

प्रकाशित : श्रावण १८, २०७६ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?