२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

चन्द समूहका तीन कार्यकर्ता पक्राउ

कमल पन्थी

बर्दिया — प्रहरीले नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्ता पक्राउ गरेको छ । चन्द नेतृत्वको नेकपाका बर्दिया जिल्ला कमिटिका तीनजना सदस्यलाई पक्राउ गरेको हो । 

पक्राउ गरिएका बढैयाताल गाॅउपालिकाबाट दुई र बासगढी नगरपालिकाका एकजना रहेका छन् ।


पक्राउ पर्नेमा बढैयाताल—४ का खुमराज गिरी, सोही ठाउँका चन्द्रवीर विक र बाँसगढी—२ का चन्द्रलाल थारु रहेको प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए ।


चन्द समूह प्रतिबन्ध भएयता जिल्लामा स्थानीय प्रहरी प्रशासनले चन्द समूहका गतिविधि नियन्त्रण गर्ने क्रममा २३ जनालाई पक्राउ गरिसकेको छ । ती मध्ये ११ जनाले हिरासतबाटै आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका १२ जनाविरुद्ध मुद्दा चलिरहेको र चन्द समूहका जिल्ला सचिवालय सदस्य विष्णु परियार कारागार चलान भएका छन् ।

प्रकाशित : श्रावण ९, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?