बर्दियामा ७० प्रतिशत रोपाइँ

बर्दिया — अन्न भण्डार मानिने बर्दियामा ७० प्रतिशतभन्दा बढी रोपाइँ भएको छ  । सिंचाइ सुविधा नभएको जमिनमा अकाशे पानीको भरमा रोपाइँ भइरहेको हो  ।

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले बर्दियाका धेरै ठाउँमा रोपाइँ सम्पन्न भएको बताए ।


जिल्लाको पश्चिम क्षेत्र राजापुर, बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिका क्षेत्रमा बढी रोपाइँ भएको छ । बर्दियाको पूर्वी क्षेत्र बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा केही कम रोपाइँ भएको छ ।

केही दिनयता पानी परेकाले किसान अहिले रोपाइँको चटारोमा छन् । ‘बर्दियामा सिंचाइ सुविधा भएकाले बढी रोपाइँ भएको हो,’ कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले भने, ‘सिंचाइ सुविधा नभएको क्षेत्रमा पनि अहिले पानी परिरहेकाले धमाधम रोपाइँ चलिरहेको छ ।’

प्रकाशित : असार २९, २०७६ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?