बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
काठमाडौँ — बाँसगढी नपा– ३ उत्तर भकारीस्थित महेन्द्र राजमार्गमा बस र मोटरसाइकल ठाेक्किँदा मोटरसाइकलमा सवार एकको उपचारका क्रममा मृत्यु भएको छ ।
बाँसगढी नगरपालिका–३ उत्तर भकारीका ३१ वर्षीय संरचना थारुले चलाएको भे१ख २८३६ नंको बसले नपा–४ बछुवाका ४५ वर्षीय छोट्राम चौधरीले चलाएको भे४प ७८४ नंको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे । चाैधरीकाे टाउकामा ठूलो चोट लागेकाले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा पुर्याइए पछि मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । अहिले उक्त बस र चालक थारुलाई प्रहरीको नियन्त्रण लिएर अनुसन्धान थालिएको उजले बताए ।
प्रकाशित : असार २९, २०७६ १५:२९प्रतिक्रिया