कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बुटवल पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा

पाल्पा — बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै पहिरो गई अवरुद्ध बनेको सडक २० घण्टापछि एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।

बुटवल पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा

शनिबार दिउँसो पहिरो गएर अवरुद्ध बनेको सडक पहिरो हटाइएपछि सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


भिरबाट ढुङ्गा खस्नेक्रम नरोकिएका कारण शनिबार साँझसम्म पनि पहिरो हटाउन सकिएको थिएन । आज बिहानैदेखि डोजर लगाएर पहिरो हटाएपछि रोकिएका सवारी साधन सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए । शनिबार दिउँसो पहिरामा परी एक युवकको मृत्यु भएको थियो ।

प्रकाशित : असार २९, २०७६ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?