कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सुख्खा पहिरोले मोटरसाइकल बगाउँदा एकको मृत्यु [अपडेट] 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै खसेको सुख्खा पहिरोले बगाउँदा निस्दी गाउँपालिका–४ मित्यलाका ३१ वर्षीय धनबहादुर सुनारी मगरको मृत्यु भएको छ ।  

सुख्खा पहिरोले मोटरसाइकल बगाउँदा एकको मृत्यु [अपडेट] 

लु ५० प ४६७१ नम्बरको मोटरसाइकलमा बुटवलबाट निस्दी जानेक्रममा दोभान प्रहरी चौकी र सिद्धबाबाकोबीच भाग हेडवक्समा माथिबाट ठुला ढुंगासहितको सुख्खा पहिरो खस्दा धनबहादुर सहित मोटरसाइकललाई बगाएको प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले जानकारी दिए ।


धनबहादुरको शव पहिरोमा च्यापिएको थियो । प्रहरीले डोरीको सहयोगमा शव निकालेको थियो ।


शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टमका लागि लगिएको छ । सुख्खा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।


शनिबार अबेरसम्म बुटवल र पाल्पातर्फबाट डोजर लगाएर सुख्खा पहिरोका ढुंगा हटाउने प्रयास भइरहेको छ । मोटरसाइकल र शव निकाल्दा पहिरो पन्छाउन नमिलेकाले राजमार्गको पहिरो पन्छ्याउन समस्या भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७६ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?