१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जुवा खेलेको अभियोगमा सात जना पक्राउ

दुर्गालाल केसी

दाङ — जुवा खेलेको अभियोगमा प्रहरीले शनिबार राति घोराहीमा सात जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका- ६ वचाहा गाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा खानतलासी गर्दा रंगेहात फेला पारेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा घोराही-६ बचाहाका २८ वर्षीय नमराज चौधरी, २५ वर्षीय जिवराज चौधरी, घोराही १७ गुलरीयाका २९ वर्षीय सुनिल चौधरी, २४ वर्षीय कृष्ण चौधरी, घोराही १८ ढोडेनीका ३८ वर्षीय विष्णु विष्ट, घोराही १० नारायणपुरका २२ वर्षीय सुदिर खनाल र घोराही-१७ कर्जाहीका ३३ वर्षीय महेन्द्र रावल छन् ।


उनीहरुको साथबाट ६१ हजार ३ सय २० रुपयाँ बरामद् भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताएका छन् । उनीहरुबिरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२५ बमोजिम सार्वजनिक नैतिकता विरुद्धको कसुरमा आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित : असार २२, २०७६ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?