कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना

रासस

राजापुर — मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महँगो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ ।

गेरुवा गाउँपालिका-४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ । उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो । तर बाघ मारेको प्रमाण फेला नपरेपछि जिल्ला अदालतले बाघको जुँगा उखेली घरमा लुकाएको अभियोगमा पाँच लाख रुपैयाँ जरिवाना तिर्न लगाई रिहा गरिदिएको छ ।

बर्दिया जिल्ला अदालतका मुख्य न्यायाधीश किरणकुमार पोखरेलको इजलासले बाघ मारेको आरोपमा पक्राउ परेका चौधरीलाई पाँच लाख रुपैयाँ जरिवाना तिराएको हो । फैसलामा अभियुक्त चौधरीले गत पुस २८ गते बाघको जुँगा उखेलेर घरमा लुकाई राखेको प्रमाण फेला परेको र बाघको जुँगा घरमा राख्नु गैरकानुनी भएको उल्लेख गर्दै उक्त जरिवाना तोकिएको हो । वन्यजन्तु मारेको र अंग ओसारपसारमा संलग्न अभियुक्तलाई पाँचदेखि १५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।

प्रकाशित : असार १८, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?