कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लक्ष्यभन्दा १० करोड कम राजस्व

रूपा गहतराज

नेपालगन्ज — बाँके र बर्दिया कार्यक्षेत्र भएको यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको वैशाखसम्म निर्धारित लक्ष्यभन्दा १० करोड कम राजस्व संकलन गरेको छ । गत वर्ष वैशाख मसान्तसम्म लक्ष्यभन्दा ७ प्रतिशत बढी कर संकलन भएको थियो ।

कर्णाली प्रदेशलाई लक्षित गरी सुर्खेतमा राजस्व कार्यालय स्थापना भएपछि यहाँ कम कर संकलन भएको हो । यहाँ साबिक मध्य तथा सुदूरपश्चिमका १० जिल्ला हेर्ने आन्तरिक राजस्व कार्यालय थियो । संघीयता कार्यान्वयनपछि करदाता र कार्यक्षेत्र घटाइएको हो । चालु वर्षको वैशाख मसान्तसम्म आन्तरिक राजस्व कार्यालयले २ अर्ब ७५ करोड १३ लाख ५६ हजार लक्ष्य निर्धारण गरेकामा २ अर्ब ६४ करोड ५७ लाख ११ हजार रुपैयाँ मात्र संकलन गरेको छ । जुन वैशाख मसान्तसम्मको लक्ष्यको ९६.१६ प्रतिशत हो ।


वैशाखसम्मको लक्ष्य हेर्दा सबैभन्दा कम राजस्व संकलन आयकरमा देखिन्छ । १ अर्ब १६ करोड ८८ लाख ३२ हजार लक्ष्य रहेको आयकरमा जम्मा १ अर्ब २ करोड ५७ लाख ५३ हजार रुपैयाँ मात्रै असुली भएको छ । सबैभन्दा बढी करको स्रोत आयकरलाई मानिन्छ । आयकर संकलन कम हुँदा लक्ष्य हासिल हुन नसकेको कार्यालयले जनाएको छ ।


चालु आर्थिक वर्षदेखि घर बहाल कर स्थानीय तहले संकलन गरिरहेका छन् । यस वर्ष बहाल कर ५ करोड १४ लाख ७६ हजार रुपैयाँ संकलन गरेको छ । पुरानो स्वास्थ्य कर ७७ लाख ७ हजार र ६५ लाख ४४ हजार रुपैयाँ शिक्षा कर संलकन भएको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी नवराज पराजुलीले बताए ।


कार्यालयका अनुसार गत वर्षको वैशाखसम्म निर्धारित लक्ष्यको १ सय ७ प्रतिशत कर संकलन भएको थियो । आर्थिक वर्ष ०७४/०७५ का लागि ३ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ लक्ष्य निर्धारण गरिएको थियो । कार्यालयले ३ अर्ब ६७ करोड ३५ लाख ५७ हजार रुपैयाँ संकलन गर्न सफल भएको थियो ।


चालु आवमा कार्यालयले लक्ष्यसम्म पुग्नका लागि जेठ र असार मसान्तसम्म ८६ करोड ४२ लाख ८९ हजार रुपैयाँ संकलन गर्नुपर्ने देखिन्छ । गत वर्ष १० जिल्ला कार्यक्षेत्र हुँदा जेठ र असारमा कर कार्यालयले लक्ष्य प्राप्तिका लागि असुल्नुपर्ने रकम जम्मा ५३ करोड १९ लाख ६ हजार रुपैयाँ मात्र थियो ।


यस वर्षको सुरुमा कार्यालयलाई ४ अर्ब ५७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिए पनि सुर्खेतमा आन्तरिक राजस्व कार्यालय सञ्चालनपछि करदाताको संख्या घटेको थियो । करदाता संख्या घटेपछि निर्धारित लक्ष्यमा संशोधन गरिएको थियो । ‘चालु वर्षका लागि ३ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य छ,’ आन्तरिक राजस्व कार्यालय नेपालगन्जका सूचना अधिकारी पराजुलीले भने, ‘असार मसान्तसम्म लक्ष्य हासिल गर्न सकिनेमा विश्वस्त छौँ ।’

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?