२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

च्याउ खाएर बिरामी परेका थप एकको मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पाको निस्दी गाउँपालिका–३, झिरुवास सार्कीडाँडामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये थप एकको मृत्यु भएको छ । 

झिरुवास, सार्कीडाँडाकी १४ वर्षीया निरुतासिंह ठकुरीको उपचारको क्रममा बुधबार राति काठमाडौंमा मृत्यु भएको हो । च्याउ खाएर बिरामी परेकी उनलाई मध्यविन्दु अस्पताल नवपुर, चितवन हुँदै उपचारका लागि काठमाडौं लगिएको थियो ।


च्याउ खाएर बिरामी परेका निरुता लगायत नौ जनालाई नै काठमाडौं लगिएको थियो । यसअघि उपचारकै क्रममा नौ वर्षीय निर्मला सिंह ठकुरी र चार वर्षीय विष्णु सिंह ठकुरीको चितवनमा मृत्यु भएको थियो ।


बिरामीका आफन्त उर्मिला सारुका अनुसार धेरैको अवस्था अझै सुधार हुन सकेको छैन । ३० वर्षीय धनकुमारी सिंह ठकुरी, आठ वर्षीय सुमन सिंह ठकुरी, १२ वर्षीया निशा सिंह ठकुरीको अवस्था पनि गम्भीर छ ।

३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० वर्षका प्रेमसिं ठकुरी, ३० वर्षका दानमाया सिहं ठकुरी, ४५ वर्षीय पुर्णबहादुर खाम्चाको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पाँच जनाको काठमाडौस्थित शिक्षण अस्पताल र तीनजनाको अन्य अस्पतालमा उपचार भइरहेको बिरामीका आफन्तले जनाएका छन् ।

पढ्नुहाेस् .......

जंगली च्याउ खाँदा दुईको मृत्यु, ९ जना बिरामी

प्रकाशित : जेष्ठ ३०, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?