कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगली च्याउ खाँदा दुईको मृत्यु, ९ जना बिरामी 

माधव अर्याल

पाल्पा — निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडामा जंगली च्याउको तरकारी खाँदा दुईजनाको मृत्यु भएको छ भने ९ जना गम्भीर बिरामी परेका छन् । 

विशालु च्याउ खाएर ९ वर्षकी निर्मला सिंह ठकुरी र चार वर्षकी विष्णु सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए । उनीहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।


मृत्यु हुने र बिरामी पर्नेहरु सार्कीडाँडाका तीन परिवारका हुन् । च्याउ खाएर बिरामी हुनेमा ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षकी छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुर सिंह ठकुरी, ३० वर्षीय दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह, निशा सिंह ठकुरी र निरुता सिंह ठकुरी रहेको झिरुवासका वडाध्यक्ष लक्ष्मीप्रसाद पाटामगरले बताए ।


उनीहरुको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । नवलपुरको सीमानामा पर्ने सार्कीडाँडा जिल्लाकै दुर्गम गाउँ हो ।


शुक्रबार बेलुकी च्याउ खाएका उनीहरु शनिबार अपरान्हबाट बिरामी पर्न थालेका हुन् । वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि लगिएको थियो ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?