कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चट्याङ लागेर श्रीमान्‌काे मृत्यु, श्रीमती घाइते 

गिरुप्रसाद भण्डारी

प्यूठान — बिहीबार राति चट्याङ लागेर श्रीमान्‌काे मृत्यु भएकाे छ । श्रीमती घाइते छिन् । घरमा सुतिरहेका गौमुखी गाउँपालिका–५ खुङका ३७ वर्षीय पशुपति आचार्यको चट्याङ लागेर मृत्यु भएको हो । 

चट्याङ लागेर श्रीमान्‌काे मृत्यु, श्रीमती घाइते 

स्थानीय जनसहयोगी आधारभूत विद्यालयका शिक्षक रहेका आचार्यको राति १२ बजेर ३७ मिनेटमा आचार्य चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी निर्मल बुढाथोकीले जानकारी दिए ।


सँगै सुतेकी श्रीमती सीता आचार्य सामान्य घाइते भएको गौमुखी गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताए ।


प्रकाशित : जेष्ठ २४, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?