प्यूठान — नौबहिनी गाउँपालिका–५,डाम्रीमा च्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार स्थानीय काढे जंगलमा बाख्रा चराउन गएकी ६४ वर्षीय गोठी बुढामगरको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएकी बुढालाई घरमा ल्याएर उपचार गर्न लैजाने तयारी गर्दागर्दै राति मृत्यु भएको इलाका प्रहरी कार्यालय बहानेका प्रहरी सहायक निरीक्षक तिलक रोकाले बताए ।
चट्याङमा परेर ३ बोका र ४ बाख्रा समेत मरेको रोकाले बताए । दुई वटा बाख्रा घाइते भएका छन् ।