३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एक महिनालाई रोजगारी

सात वडा रहेको गाउँपालिकाको हाडहाडे र वाग्लाबाट २५/२५ जनाले रोजगारी पाएका छन् 
घनश्याम गौतम

गुल्मी — प्रधानमन्त्री रोजगार कार्यत्रमअन्तर्गत धुर्कोट गाउँफालिको शुक्रबार १ सय ५० जनालाई रोजगारी दिएको छ । कार्यत्रमका लागि गाउँपालिकाले एक साताअघि बुटवलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा मन्त्रालयसँग 
सम्झौता गरेको थियो । 

एक महिनालाई रोजगारी

गाउँपालिकाले विष्टकै निर्वाचन क्षेक्रबाट कार्यत्रम सुरु गरेको हो । गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले नियुक्ति पत्र र सामग्रीसहित १ सय ५० जनालाई रोजगारी प्रदान गरिएको बताए । ‘अहिले स्थानीय स्तरमै काम गरेर ३० दिनको रोजगारी प्रदान गरिएको छ,’ उनले भने, ‘पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा काममा खटाइएको छ ।’ सबैको कार्यक्षमताअनुसार कामको जिम्मा दिइएको उनले बताए ।


रोजगारीका लागि सडक मर्मतमा सबैभन्दा बढी ८१ जना खटाइएको छ । उनीहरू स्थानीय सडकको मर्मत र रेखदेखमा परिचालित भएका छन् । शिक्षण संस्थामा १३, स्वास्थ्यमा ४, कृषि र पशुपालनमा १५, सिंचाइमा १५, विद्युत्मा ७ र खानेपानी मर्मतमा १५ जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ । रोजगारीका लागि गाउँपालिकाले आवेदन माग गरेको थियो । त्यसमा सबै वडाबाट १ हजार २ सय बढीले आवेदन दिएका थिए । त्यसबाट चालु वर्षको छोटो अवधिका लागि १ सय ५० जना मात्र छनोट गरिएको उनले बताए ।


सात वडा रहेको गाउँपालिकाको हाडहाडे र वाग्लाबाट २५/२५ जनाले रोजगारी पाएका छन् । त्यस्तै अन्य वडाबाट प्रतिवडा २० जनाका दरले नियुक्ति पाएको उपाध्यक्ष शिवबहादुर खक्रीले बताए । ‘सबै क्षेत्रमा मर्मत र संरक्षणमा काम गर्ने गरी नियुत्त गरेका छौं,’ उनले भने, ‘वडाको आवश्यकता अनुसार काममा परिचालन गरिनेछ ।’ चालु वर्ष संघीय सरकारबाट आएको बजेटबाट छोटो अवधिका लागि दक्ष र अर्धदक्ष कामदर नियुक्त गरिएको उनले बताए ।


नियुक्ति पाएका सबैले ३० दिन काम गर्ने छन् । त्यसबापत उनीहरूले दैनिक ५ सय १७ रुपैयाँ ज्याला पाउने गाउँपालिकाका प्रशासकीय अधिकृत काशीराम पन्थीले बताए । ‘पूरै दिन काम गर्नेले १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्,’ उनले भने, ‘त्यो नेपाल सरकारले नै तोकेको दैनिक ज्याला हो ।’


काम, दक्षता र क्षमताका आधारमा अहिले नियुक्त गरिएका कामदारलाई गाउँपालिकाले अर्को आवमा पनि करारमा नियुक्त गर्न सक्ने अध्यक्ष पोखरेलले बताए । आगामी वर्षका लागि आवश्यक रकम बजेट भाषणमै विनियोजन गर्न सबै वडाबाट बजेटको सिलिङ बनाउन अध्यक्षलाई आग्रह गरिएको उनले बताए । यसअघि गुल्मीकै मुसिकोट नगरपालिकाले पनि ९० जनालाई मर्मतकै क्षेत्रमा रोजगारी प्रदान गरेको थियो ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?