१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

किशोरीलाई लैजान खाेज्ने तीन भारतीय युवा पक्राउ 

माधव अर्याल

पाल्पा — गुल्मीका तीन किशोरीलाई भारत लैजाँदै गर्दा पाल्पा प्रहरीले तीन भारतीय युवालाई पक्राउ गरेको छ । उनीहरुलाई तानसेन–रिडी सडक अन्तर्गतको रिब्दीकोट गाउँपालिका–३, हार्थोक खस्यौलीमा प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी गुल्मी तम्घासको एक होटलमा काम गर्दै आएका भारत विहारका २१ वर्षीय मनोहर कुमार, २० वर्षीय अभिजित कुमार र १९ वर्षीय कालु कुमार पक्राउ परेको जानकारी गराएको छ ।


ललाइफकाई भारतको विहार लैजाँदै गर्दा प्रहरीले ती युवालाई हार्थोकमा पक्राउ गरेको हो । गुल्मी तम्घासको एक होटलमा काम गर्दै आएका ३ जना युवतीलाई विवाहको बाहनामा ललाई फकाई गरी भारत लैजाँदै गर्दा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए । भारत जान खोजेका ती युवतीहरु २१ वर्षीया विवाहित फुपु र अन्य २ जना १४ र १५ वर्षीया किशोरी भतिजी हुन् ।


भारतीय युवा पनि तम्घासकै मिष्ठान भण्डारमा काम गर्दै आएका थिए । भारतीय युवाले कसैले थाहा नपाउन भनी विक्की कुँवरका नाममा ६ जनाको टिकट काटेका थिए । प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका युवाहरुले बिहेको नाटक गर्दै हात काटेर किशोरीलाई रगतको सिउँदो लगाइदिएका थिए ।

पक्राउ परेका किशोरीहरु घरपरिवार तथा स्थानीयवासीको रोहबरमा मनोपरामर्श गरी बुझाइसकेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । पक्राउ परेका युवालाई मानव बेचविखन तथा ओसार–पसार कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीहरुलाई ५ दिनको म्याद थपिएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?