दुर्घटनामा एक महिलाको मृत्यु

दुर्गालाल केसी

दाङ — घोराही उपमहानगरपालिका १६ रावतगाउँ चोकमा बुधबार बेलुकी मोटरसाइकल र पावर टेलर ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । 

घोराहीबाट तुलसीपरतर्फ जाँदै गरेको लु ४७ प १५४७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ९८५३ नम्बरको पावर टेलर ठोक्किँदा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका १४ पहलीकी २४ वर्षीया पूजा परियारको मृत्यु भएको हो ।


दुर्घटनामा घाइते भएकी परियारको उपचारका क्रममा राती राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।


पहलीकै मोटरसाइकल चालक गुमान विक घाइते छन् । उनको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ । पावर ट्रिलर चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?