कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

बाबुको हत्या गरी आफैँ प्रहरी चौकीमा

हरि गौतम

रुकुम पूर्व — बाबुको हत्या गरेर एकजना आफैँ प्रहरी चौकीमा आएका छन् । भूमे गाउँपालिका-७ गुनामका २० वर्षीय विरज विक बाबुको हत्या गरेर भूमे–६ महतमा रहेको प्रहरी चौकीमा आएका हुन् । 

४१ वर्षीय बाबु रमन विकको हत्या गरी उनी बिहीबार बिहान ६ बजे महतस्थित प्रहरी चौकी पुगेका थिए । बिहान ५ बजे खुकुरी प्रहार गरी बाबुको हत्या गरेका उनी आफैँ प्रहरी चौकीमा आएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।


'मैले बाबुको घाँटी रेटेर हत्या गरेँ, थोरै छालाले मात्रै घाँटी छुटि्टन सकेको छैन भनेर आफै प्रहरीमा आएको हो, घटनाको विस्तृत अनुसन्धान हुँदैछ,' प्रहरी निरीक्षक सुनारले भने । घरायसी विवादको कारण घटना भएको र थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?