कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

पर्यटन प्रवर्द्धनमा जोड

मुख्यमन्त्री र कान्सुका गभर्नरबीच भेट
घनश्याम गौतम

रूपन्देही — मुख्यमन्त्री शंकर पोखरेल र चीनको कान्सु प्रदेशका गर्भनर थाङ रनच्यानबीच बुधबार भेटवार्ता भएको छ  । भेटमा पोखरेलले प्रदेशका सम्भावना र विशेषताबारे जानकारी गराएका थिए  ।

पर्यटन प्रवर्द्धनमा जोड

संघीयता कार्यान्वयनको एक वर्षमा योजना र कानुन निर्माणलाई प्राथमिकता दिएको उनले बताए । प्रदेशमा लुम्बिनीसहित धेरै बौद्ध संस्कृतिसँग जोडिएका सम्पदा स्थल रहेको र त्यस्ता क्षेत्रमा पर्यटन प्रवर्द्धन गरी लाभ लिन सक्ने गरी योजना बनाएको मुख्यमन्त्रीले जानकारी गराएका थिए । गभर्नर रनच्यानले लुम्बिनीको भ्रमण गर्न पाएकामा खुसी व्यक्त गरे ।

भेटवार्तापछि द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री पोखरेल र गभर्नर रनच्यानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनन्जय पौडेल र कान्सु प्रदेशका सांस्कृतिक तथा पर्यटन निर्देशक थन वइतोङले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गरे ।

सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनका लागि दुई देशका विज्ञ, उद्यमी र सरकारी अधिकारीको भ्रमण कार्यक्रम बढाउने, नेपालको पर्यटन विकासका लागि चिनियाँ लगानी बढाउने समझदारीपत्रमा उल्लेख छ । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चरबीच भगिनी सम्बन्ध कायम गर्ने प्रारम्भिक सहमति भएको छ ।

सहमतिपत्रमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की र गाननानका डेपुटी गभर्नर सी चानयानले हस्ताक्षर गरी सहमति पत्र आदानप्रदान गरेका छन् । नेपाल र चीनबीचको पुरानो र घनिष्ठ सम्बन्धलाई मजबुत बनाएर द्विपक्षीय हितमा काम गर्न सकिने मुख्यमन्त्री पोखरेलले बताए ।

द्विपक्षीय सहकार्यमार्फत सांस्कृतिक तथा पर्यटन क्षेत्रमा फरक ढंगले विकास गर्न सकिने उनको भनाइ थियो । मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को अवस्थाका बारेमा जानकारी गराएपछि दुई देशका प्रदेशबीच धेरै समानता रहेको थाङले बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

प्रकाशित : जेष्ठ २, २०७६ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?