कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उत्तरप्रदेशमा निर्वाचन : नेपाल–भारत सीमा ४८ घण्टा बन्द हुने

कमल पन्थी

बर्दिया — भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर राख्दै शनिबार बेलुकी छ बजे देखि ४८ घण्टा नेपाल-भारत सीमा बन्द हुने भएको छ ।

सुरक्षालाई ध्यानमा राख्दै बर्दियासँग जोडिएको करिब ८७ किलोमिटर सीमा सोमबार साँझसम्म बन्द गरिने स्थानीय प्रशासनले जनाएको छ ।


प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले दुवै मुलुकका अधिकारी बीच भएको सहमति अनुसार लोकसभा निर्वाचनलाई ध्यान राख्दै सीमा बन्द गर्न लागेको जनाए । बर्दियासँग जोडिएको भारत उत्तरप्रदेश राज्यको बहराईच जिल्लामा निर्वाचन हुन लागेको हो ।


नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै मुलुकका सुरक्षाकर्मीको समन्वयमा आवत-जावत गर्ने बाहेक अन्य आउजाउ बन्द हुने प्रजिअ कुरुम्बाङले बताए । निर्वाचन नजिकिदैँ जाँदा दुवै मुलकका सुरक्षाकर्मीले सीमामा कडाई गर्न थालेका छन् ।

प्रकाशित : वैशाख २१, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?