कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

स्थानीय तहले बाड्यो जस्ता

पाल्पा — ‍रैनादेवी छहरा ७, बल्ढेङगढीका ७१ वर्षीय मेघनाथ पोखरेलको जस्तापाताले छाएको घरमा बस्ने रहर यस वर्ष पूरा हुने भएको छ  । अघिल्लो वर्ष छनोटमा नपर्दा जस्तापाता पाएनन्  ।

यस वर्ष गाउँपालिकाले वडा कार्यालयमार्फत उनलाई पनि खरका छाना विस्थापन गर्न जस्तापाता दिएको हो ।


‘आफैंले किनेर घरमा खरको छाना हटाएर जस्तापाता लगाउने क्षमता थिएन,’ उनले भने, ‘त्यसैले अहिले मेरो सपना पूरा हुने भएको छ ।’ उनले जीवनमा टिनको छानामुनि बस्ने रहर यस वर्ष पूरा गरेकामा वडा कार्यालयलाई धन्यवाद दिए । खरका छाना विस्थापन गर्दै जस्तापाता लगाउने कार्यक्रमले ग्रामीण भेगका जनतामा ठूलो राहत दिएको छ । स्थानीय चन्द्रबहादुर रायमाझीले जस्तापाता पाउने खबर पाएसँगै खुसी हुँदै लिन आएको बताए । ‘अहिलेसम्म घर छाउन, पानी पर्दा चुहिने समस्याका साथै हावाहुरी आउँदा छाना उडाउने समस्या भोग्दै आएको थिए,’ उनले भने, ‘अब जस्तापाता लगाएपछि यो सबै समस्या हटनेछ ।’


गाउ“पालिकाले गरिब, दलित, अपांग, पिछडिएका समुदायका घरका छानालाई प्राथमिकतामा राखेर जस्तापाता वितरण गरेको छ । सबैका घर जस्तापाता लगाएको टाढैबाट हेर्दा धनी र गरिबको अवस्थासमेत नछुट्टिने गाउँपालिका अध्यक्ष्ँ रामबहादुर कार्कीले बताए । जस्तापाता खरिदका लागि सम्बन्धित व्यक्तिले एक रुपैयाँ खर्च पनि बेहोर्नु पर्दैन । मिस्त्री र काठ भने सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्ने हुन्छ । मिस्त्री खर्च र काठपात पनि खरिद गर्न नसक्ने अवस्थाका गरिबलाई गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ ।

खरका छानोमुक्त अभियानका लागि विपन्न परिवार पहिचान गररे जस्तापाता वितरण गरेको गाउँपालिका अध्यक्ष कार्कीले बताए । घर निर्माण गरी छाउनका लागि ठिक्क भएपछि मात्रै वडा कार्यालयले जस्तापाता दिने गरेको वडाध्यक्ष देवेन्द्र पुन मगरले बताए । गाउँपालिकाभित्र झण्डै १ हजार ४ सय परिवार खरको छानामुनि बस्थे । गत वर्ष पाँच सय परिवारलाई तीन बन्डलका दरले जस्तापाता वितरण गरिएको छ । यस वर्ष सात सय परिवारले पाउनेछन् । अर्को वर्ष बाँकी सबै परिवारलाई जस्तापाता वितरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताए ।


दलित, विपन्न, जनजाति, आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाले सहयोग गरी जस्तापाता दिएको उनले बताए । गत वर्ष ६० लाख र यस वर्ष एक करोड विनियोजन गरेर काम अघि बढाएको थियो । गाउँपालिकाले आउने वर्षसम्म बा“की सबै परिवारलाई खरको छानोमुक्त गराउने योजना बनाएको छ । रैनादेवीछहरा गाउँपालिकाभित्रका सिद्देश्वर, जुठापौवा, सत्यवती र बल्डेङगढीलगायतका वडामा असार मसान्तसम्म खरका छाना हटाएर जस्तापाता लगाउने कार्यले तीव्रता पाएको उनले बताए ।


खरका छाना भएका बस्ती आगलागीको उच्च जोखिममा समेत रहेकाले खर हटाएर जस्तापाता लगाउन थालिएको गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले बताए । ‘कोही कसैलाई पनि गाउ“पालिकाले फरक व्यवहार गर्दैन,’ उनले भने, ‘यस वर्ष भएन भने अर्को वर्ष जसरी पनि पाउनेछन् ।’ उनले कतिपय परिवारले यस वर्ष जस्तापाता नपाएको गुनासा गर्न पनि सक्ने तर आगामी दिनमा यसलाई समेटेर लैजाने बताए ।

प्रकाशित : वैशाख १०, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?