कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ढुंगाले हानेर श्रीमानको हत्या 

आफ्नै साथीलाई खुकुरी प्रहार 
माधव अर्याल

पाल्पा — जिल्लाको रैनादेवी छहरा गाउँपालिका-३, भुवनपोखरी छचुवामा एक महिलाले आफ्नै श्रीमानलाई ढुंगाले हानेर हत्या गरेकी छन् । ३९ वर्षीया श्रीमती मंगली कुमालले ४१ वर्षीय श्रीमान् लोकबहादुर कुमालको सोमबार हत्या गरेकी हुन् । 

अर्घाखाँची पणेना गाउँपालिका-२, देवलचौर घर भई भुवनपोखरी माइतीमा बसेकी मंगलीले ढुंगा प्रहार गरेकी हुन् । मंगली सुस्तमनस्थितिकी रहेको स्थानीयले बताएका छन् ।


प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार टाउकोमा ढुंगा प्रहार गर्दा घाइते भएका लोकबहादुरलाई तानसेनस्थित मिसन अस्पतालमा उपचार गर्न ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।


आफ्नै साथीलाई खुकुरी प्रहार

जिल्लाकै रैनादेवी छहरा-८, सत्यवती ढुंगेखोलामा आफ्नै साथीले खुकुरी प्रहार गर्दा ३० वषर्ीय कैलाश भुसाल गम्भीर घाइते भएका छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४, केरुङ्गाका भुसाललाई उनकै साथी २७ वषर्ीय सुवास भुसालले खुकुरी प्रहार गरेका हुन् ।


सोमबार भएको घटनामा गम्भीर घाइते भएका कैलाशको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न सुवालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद सापकोटाले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा आपसी लेनदेन विवादका कारण घटना घटेको र थप अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित : वैशाख १०, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?