१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बालिका बलात्कार आरोपमा पक्राउ 

माधव अर्याल

पाल्पा — गुल्मीमा १४ वर्षीया बालिका बलात्कार आरोपमा तानसेन नगरपालिका-५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँ पक्राउ परेका छन् ।

उनलाई गुल्मी छत्रकोट गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बुधबार दिउँसो जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको हो ।


मामाघरबाट आमासँगै घर र्फकने क्रममा बालिका बलात्कारमा परेकी हुन् । मोटरसाइकलमा आएका मियाँले बालिकालाई घर पुर्‍याइदिने बहानामा जबर्जस्ती करणी गरेको गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।


आमाको सहमतिमा मोटरसाइकलमा लगेको र बाटोमा जबर्जस्ती गरेर पैसा दिएर भागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक बस्नेतले बताए । मियाँलाई अर्घाखाँचीको छत्रदेव गाउँपालिका अर्घातोषबाट बुधबार राति नै पक्राउ गरिएको हो ।


कसैलाई नभन्नु भन्दै बालिकालाई ५ सय रुपैया दिएर मियाँ फरार भएका थिए । गुल्मी र अर्घाखाँचीको अर्घातोष प्रहरी चौकीबाट खटिएको प्रहरीले घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रकाशित : वैशाख ५, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?