कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

१ सय ५० तोला सुनसहित एक पक्राउ

दुर्गालाल केसी

दाङ — प्रहरीले करिब १ सय ५० तोला सुनसहित एकजनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ का ६९ वर्षीय तुलसीराम गुप्तालाई सोमबार राति उनकै घरबाट सुनसहित पक्राउ गरेको हो ।

सुन धरौटी राखेर ३० प्रतिशत ब्याजमा पैसा दिने गरेको उजुरी परेपछि प्रहरीले सोमबार राति उनको घरमा छापा मारेको थियो । घर खानतलासी गर्दा २ सय ६ जनाको सुन धरौटी राखेर पैसा दिएको कागजातसहित सुन फेला परेको इलाका प्रहरी तुलसीपुरले जनाएको छ ।


गुप्ताले सुन धरौटी राखेर ३ करोड बढी रकम लगानी गरेको पाइएको प्रहरीले बताएको छ । व्यक्तिले चर्को ब्याजमा सुन धरौटी राखेर पैसा लगानी गर्नु कानुनी रुपमा ठगी मानिने प्रहरीको भनाइ छ ।


प्रकाशित : वैशाख ३, २०७६ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?