तीन दिनदेखि बेपत्ता विक मृत भेटिए

दुर्गालाल केसी

दाङ — तीन दिनदेखि हराइरहेका घोराही उपमहानगरपालिकाका एकजना मृत भेटिएका छन् । घाेराही–५ धर्नाका ५५ वर्षीय भुपलाल विक साेमबार मृत भेटिएका हुन् ।

सोमबार बेलुका धर्नाको सिसहीपुर खेतमा उनको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विनोदबिक्रम शाहले जानकारी दिए । घटनाबारे अनुसन्धान भैरहेको उनले बताए ।

प्रकाशित : वैशाख ३, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

जिप दुर्घटनामा एकको मृत्यु, १० घाइते

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको उदयपुरगढी गाँउपालिका १ विष्णुचौरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १० जना घाइेत भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार साेमबार राति कटारीबजारबाट मुरमे गइरहेको स१ज ५०६ नम्वरको बोलेरो जिप दुर्घटना भएको हो।

दुर्घटनामा उदयपुरगढी गाँउपालिका १ मुर्मेकी ४५ वर्षे केसीमाया परिवारको मृत्यु भएको राईले बताए । जिपमा सवार तीनजना गम्भीर घाइते भएको र अन्य सामान्य घाइतेरहेकाे राईले जानकारी दिए। उकालोमाभार तान्न नसकेर जिप सडकबाट झण्डै तीनसय मिटर तल खसेको स्थानीयले बताए।

प्रकाशित : वैशाख ३, २०७६ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्