कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सकारात्मक सोचको विकास गरौं : मुख्यमन्त्री पोखरेल 

माधव अर्याल

पाल्पा — सकारात्मक सोचको विकास नगर्दासम्म विकास र समृद्धि सम्भव नभएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । उनले दिमागमा रहेको नकारात्मक सोचलाई २०७६ सालको सुरुवातबाट नै त्यागेर जान आफ्ना प्रदेशका नागरिकलाई आग्रह गरेका हुन् । 

सकारात्मक सोचको विकास गरौं : मुख्यमन्त्री पोखरेल 

प्रदेशसभा सदस्य डा. पुरनमान बज्रचार्यले तानसेनमा आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै उनले सकारात्मक सोंच भएन भने विकास र समृद्धिको सपना पूरा नहुने बताए । ‘सबैको राम्रा पक्षलाई भन्दा नराम्रा पक्षलाई बढी वकालत गर्दै हिँड्ने एउटा बानी छ,’ उनले भने, ‘त्यसलाई सुधार गर्न सकियो भने विकास र समृद्धिको सपना पूरा हुन्छ ।’ प्रदेश ५ सरकार समृद्ध प्रदेश निर्माणको अभियानमा जुटेको उनले बताए ।


विगतमा जो जसले नकारात्मक सोच राखे पनि अब सकारात्मक सोच लिएर अघि बढ्ने हो भने समृद्धि छिटै आउने उनले बताए । ‘५ नम्बर प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा पाल्पालाई विकास गर्ने सोच बनाएका छौं,’ उनले भने, ‘तानसेनलाई पर्यटनमैत्री सहरका रुपमा विकास गरेर सोच पनि बदल्न जरुरी छ ।’


उनले ५ नम्बर प्रदेशकै संग्रहालयका रुपमा पाल्पा दरबारलाई विकास गर्न लागेको बताउँदै श्रीनगर बतासेडाँडामा बन्ने सांस्कृतिक डबलीबाट फाइदा लिन सक्नुपर्नेमा जोड दिए ।


मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछि बितेका तीन वर्ष काम गर्न नसकेको स्वीकारे । ‘पहिलो वर्ष भूकम्प र नाकाबन्दी, दोस्रो वर्ष तीन वटा निर्वाचन गर्दागर्दै बितेको छ,’ उनले भने, ‘गएको एकवर्ष तीन वटै सरकार कानून बनाउनमा बिताएका छन् ।’


तेस्रो वर्ष संघीयता कार्यान्वयन गर्ने कानून बनाउने वर्षका रुपमा गुजार्‍र्यौं । तीनवटै वर्ष जटील र चुनौतीपूर्ण थिए तर विकास ४ बाट बढेर ६ प्रतिशतको विकास हासिल भएको छ ।’


प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले नयाँ वर्षले प्रदेशलाई विकासको मोडमा अघि बढाउन कानुन निर्माण र योजना तर्जुमाको अन्तिम चरणमा पुगेको बताए । उनले प्रदेश सरकारले गरेका कामहरुले गति लिने बताए ।


सभामुख घर्तीले समृद्ध प्रदेश खुसी जनता सरकारको नारालाई सबैले साथ दिएर अगाडी बढ्न आग्रह गरे । सोही अवसरमा पिपुल्स क्रियशन प्रालिले सञ्चालन गरेको सेरोफेरोन्यूज डटकमले प्रकाशन गरेको भित्तेपात्रोको मुख्यमन्त्री पोखरेल र सभामुख घर्तीले विमोचन गरे । सोही अवसरमा डा. बज्राचार्यले तानसेन बजारभित्रका ८४ पुगेका ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए ।


प्रकाशित : वैशाख १, २०७६ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?