बाटाे खन्दा पुरिएर एककाे मृत्यु

माधव अर्याल

पाल्पा — पाल्पाको रामपुरमा बाटो खन्ने क्रममा खसेकाे पहिराेमा पुरिदाँ सोमबार एकजनाकाे मृत्यु भएकाे छ । बाँके जिल्ला बागेश्वरी गाउँपालिका–४ का ४३ वर्षीय भकबहादुर थापाको पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख भुपालसिंह रानाले जानकारी दिए ।

कालिगण्डकी करिडोर अन्तर्गत बाटो खन्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर घाइते भएका थापाको उपचारका लागि रामपुर अस्पतालमा लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १८, २०७५ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?