१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बुटवल, प्यूठान र रुकुममा शंकास्पद वस्तु भेटिए

बुटवल / प्यूठान / रुकुम पूर्व — बुटवलको कालिकाचौकमा बिहीबार बिहानै बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । रुपन्देही स्थित सिद्धार्थ राजमार्गको बुटवल बेलहिया खण्डको कालिकाचौकको ट्राफिक ब्रेकरमाथि शंकास्पद वस्तु भेटिएको हो ।

बुटवल, प्यूठान र रुकुममा शंकास्पद वस्तु भेटिए

यसले बिहानैदेखि बुटवलको जनजीवन प्रभावित बनेको छ । क्षति हुन नदिन घटनास्थलमा प्रहरीले सुरक्षा दिएको इप्रका बुटवलका डिएसपी डिलबहादुर मल्लले बताए ।


बुधबार साँझ पनि बुटवलका विभिन्न स्थानमा विष्फोटको आवाज आएको थियो । आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आव्हान गरेको छ ।


बन्दका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा सार्वजनिक सवारी चलेका छैनन् । शैक्षिक संस्था, बजार तथा औद्योगिक प्रतिष्ठानमा पनि असर परेको छ ।

प्यूठानका दुई स्थानमा शंकास्पद वस्तु भेटियो


प्यूठान– जिल्लाको दुई स्थानमा बम जस्तै खेदिने शंकास्पद वस्तु फेला परेको छ । माण्डवी गाउँपालिका-३, देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । सेनाले देविस्थानको शंकास्पद वस्तु डिस्पोज गराएको छ ।

भिंगृमा फेला परेको शंकास्पद वस्तु डिस्पोजको लागि सेनाको डिस्पोजल टोलि घटनास्थल पुगिसकेको जिल्ला प्ररहरी प्रमुख डीएसपी निर्मल वुढाथोकीले बताए । भिंगृको वस्तु सुरक्षित स्थानमा लगेर केही बेरमै डिस्पोज गरिने बुढाथोकीले जानकारी दिए

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार गरेको नेपाल बन्द सफल पार्न शंकास्पद वस्तु राखेको अनुमान प्रहरीले गरेको छ । बन्दका कारणा प्यूठानकाे जनजीवन प्रभावित भएको छ ।

जिल्लाको मुख्य बजार बिजुवार, बाग्दुला, भिंगृ लगायत बजार क्षेत्र बन्द रहेका छन् । जिल्लाबाट चल्ले लामा तथा छोटा दूरीका सवारी साधन चलेका छैनन् । कल कारखाना, शैक्षिक सस्था सबै पूर्णरुपमा ठप्प छन् ।


शंकास्पद वस्तु भेटियो

रुकुम पूर्व- सिस्ने गाउँपालिका-५, स्थित रुकुमकोट जिल्ला अदालत भन्दा २ सय मिटर अगाडिको घुम्ती छेउमै प्लाष्टिकमा पोको पारेर राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ । उक्त वस्तुलाई बम भएको आशंका गरिएको छ । पोको भित्रबाट २ वटा तामाको तार पनि बाहिर निकालिएको छ । बिहीबार बिहान पसल खोल्न भनेर घुम्ती नजिक पुगेका स्थानीयले उक्त वस्तु देखेर प्रहरीलाई खबर गरेका थिए । उक्त ठाउँमा हाल प्रहरीले सुरक्षा दिइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले शंकास्पद वस्तु फेला परेको तर यही चिज हो भनेर पहिचान भै नसकेको बताए । 'हामी यहाँ हेर्दै छौं,' प्रजिअ शर्माले भने, 'वस्तुको पहिचान भएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइन्छ ।'


नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले उक्त वस्तु राखेको अनुमान गरिएको छ । बन्द सफल बनाउन उक्त वस्तु राखेको हुन सक्ने स्थानीय प्रशासनको अनुमान छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?