कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ट्यांकरले ठक्कर दिँदा २ जनाको मृत्यु 

नारायण शर्मा

नवलपरासी — नवलपुरमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यू भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३ ख ९१५८ नम्बरको दुध बोक्ने ट्ंयाकरले विपरित दिशातर्फ जाँदै गरेको बा २८ प २०३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

ट्यांकरले ठक्कर दिँदा २ जनाको मृत्यु 

मंगलबार राति १० बजे ट्यांकरको ठक्करबाट गम्भिर घाईते भएका उनिहरुको उपचारका क्रममा मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यू हुनेमा मोटरसाईकल चालक मध्यबिन्दु नगरपालिका-२ बस्ने करिब ४० बर्षिय युबराज घिमिरे र मोटरसाईकलमा सवार सोही ठाउका अन्दाजी ३६ बर्षिय पिताम्बर पाठक रहेक छन्।

ठक्कर दिने ट्यांकर र चालकलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : माघ २९, २०७५ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?