कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

दुर्घटनामा एकको मृत्यु, प्रदेश सांसदसहित १४ घाइते

दुर्गालाल केसी

दाङ — लमही–घोराही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका ३ चिसापानीमा बिहीबार बेलुका यात्रुवाहक बस र कार ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी रुकुम पश्चिम मुसीकोटकी २६ वर्षीया रमिता शर्माको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकको मृत्यु, प्रदेश सांसदसहित १४ घाइते

दुर्घटनामा कारमा सवार दाङ क्षेत्र नं. ३ ख का प्रदेश सांसद उत्तरकुमार ओलीसहित १४ जना घाइते भएका छन् । गम्भीर घाइते ओलीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ ।


हेलिकोप्टरबाट काठमाडौं लैजान खोजिए पनि खराब मौसमले सम्भव नभएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको लमहीस्थित फ्लोरेन्स र लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक अरुणकुमार सिंहले बताए । तुलसीपुरबाट बिरगञ्जतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नं. को बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको बा १८ च ६८३६ नं. को कार ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनाको कारणबरे अनुसन्धान भइरहेको सिंहले जानकारी दिए ।

प्रकाशित : माघ २४, २०७५ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?