कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट- २०१९’ हुने

माधव ढुंगाना

भैरहवा — नेपाललाई बौद्ध पर्यटन केन्द्रको रुपमा अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्ने उद्देश्यले नेपालमा पहिलोपटक लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, २०१९’ हुने भएको छ ।

‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट- २०१९’ हुने

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आयोजनामा गरिने यस कार्यक्रमको नेपाल एसोशियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) ले संयोजन गरेको छ । आगामी जनवरी १० देखि १२ सम्म (पुस २६ देखि २८) गतेसम्म लुम्बिनी र भैरहवामा आयोजना गरिएको यस कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा गर्ने कार्यक्रम छ ।


बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट, २०१९ मूल आयोजक समितिका सदस्य सचिव अच्युत शर्मा गुरागाईंले बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध धर्मसँग सम्बन्धित नेपालका विभिन्न पर्यटकीय तथा धार्मीक गन्तव्यस्थलहरुको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न र लुम्बिनी तथा आसपासका स्थानमा स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउनकालागि यो मार्टको आयोजना गरिएको बताए ।


यसकालागि विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीलाई एकै थलोमा जमघट गराई व्यापार विनिमय अवसरको सृजना गराइने छ । नेपालको पर्यटन प्रवर्द्धनकालागि बौद्ध पर्यटकीयस्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताबीच सेवा तथा व्यापार विनिमय (बिटुबी) को अवसर सृजना गर्नकालागि व्यवसायिक यो सम्मेलन केन्द्रित रहने छ ।


कार्यक्रममा विदेशी खरिदकर्ताहरु (बायर) ५० जना र नेपाली र विदेशी बिक्रेताहरु ५० जना, अन्तर्राष्ट्रिय ब्लगर १० जना सहभागी हुने छन् । चीनको छेङ्दु टेलिभिजनले सहभागिताकोलागि सुनिश्चितता गरिसकेको छ ।


आयोजक समितीका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाका अनुसार, यो कार्यक्रमको उद्देश्य र लक्ष्य भनेकै पर्यटन प्रवर्द्धन र बढी भन्दा बढी विदेशी पर्यटक नेपाल भित्र्याउनु हो ।

प्रकाशित : पुस १९, २०७५ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?