दाङ — तुलसीपुरमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ । तोरीमा पानी लगाउने निहुँमा विवाद भएपछि सोमबार साँझ कुटपिट हुँदा तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका ७३ वर्षीय सुकलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिट र हत्या अभियोगमा स्थानीय ४० वर्षीय मईमान बस्नेतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको ईलाका प्रहरी तुलसीपुरले जनाएको छ ।