२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

प्रदेश ५ मा फागुन ३ गते प्रदेश स्थापना दिवस

घनश्याम गौतम

रुपन्देही — प्रदेश ५ को आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकार स्थापना भएको दिन फागुन ३ गतेलाई प्रदेश स्थापना दिवस घोषणा गरेको छ । प्रदेश स्थापना दिवसमा सार्वजनिक बिदा दिने र विविध कार्यक्रम गर्ने पनि सरकारले निर्णय गरेको छ ।

प्रदेश ५ मा फागुन ३ गते प्रदेश स्थापना दिवस

बैठकले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम संचालन कार्यविधि पनि स्वीकृत गरेको छ । प्रदेश सरकारले प्रदेश ५ का ३५ स्थानीय तहमा गरिवी घटाउने उद्देश्यले मुख्यमन्त्री कार्यक्रम संचालन गर्न १७ करोड बजेट बिनियोजन गरेको छ । बैठकले नदीजन्य पदार्थ व्यवस्था कार्यविधि पनि स्वीकृत गरेको छ ।


सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार बैठकले जिल्ला सभा संचालन र जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।


त्यस्तै प्रदेश ५ का बासिन्दाको सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक, संस्था दर्ता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश ५ का विभुषण सम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक स्वीकृती प्रदान गरेको सरकारका प्रवक्ता चौधरीले बताए ।


प्रकाशित : भाद्र ३१, २०७५ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?