१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रविधिले आँखामा समस्या

बाँके — प्रविधिले जीवनशैली सजिलो बनाएको छ । समय र श्रमको बचत भएको छ । तर यसको बढ्दो प्रयोगले फाइदासँगै स्वास्थ्य समस्या पनि देखा परिरहेको चिकित्सकले बताए ।

प्रविधिले आँखामा समस्या

मोबाइल, कम्प्युटरजस्ता विद्युतीय उपकरणको लामो समय प्रयोग गर्दा आँखा सुक्खा हुने, दुख्नेजस्ता समस्या देखिने फत्तेबाल आँखा अस्पताल नेपालगन्जका आँखा स्वास्थ्य प्रशिक्षक उमर सादिक बताउँछन् । आँखालाई आराम नदिएरै लामो समय मोबाइल, कम्प्युटरजस्ता उपकरणको स्क्रिन हेरिरहँदा र एकनास किताब पढ्ने, पंखामा धेरै बस्ने, जथाभावी औषधिको प्रयोग गर्नेजस्ता कारणले पनि आँखा सक्खा हुने उनले बताए ।


वातावरणका कारण सुक्खापनको समस्या भए उपचारसँगै निको हुन्छ । तर, रोगकै कारणले आँखा सुक्खा भएमा भने जीवनभर औषधि हाल्नुपर्ने सादिकले बताए । ‘आँखाको दृष्टिलाई भार पर्ने काम गर्दा १५/२० मिनेटमा आराम दिने गर्‍यो भने केही हदसम्म आँखा सुरक्षित हुन्छ,’ उनले भने, ‘खुक्खा आँखा भएका बिरामी कति छन् भन्ने यकिन विवरण नभए पनि प्रविधिको प्रयोग बढेसँगै यस्तो समस्या पनि बढेको छ ।’


वर्षायाम प्रदूषित, घाम नलाग्ने, पानी जम्ने कीटाणु अनुकूलको मौसम हुने भएकाले यस्तो समस्या बढी देखिन्छ । आँखा रातो हुने, बारम्बार आँसु आउने, बिझाउनेजस्ता लक्षण देखिने आँखा स्वास्थ्य प्रशिक्षक सादिक बताउँछन् । आँखा पाक्न लाग्दा कसैकसैलाई चिप्रा पनि लाग्छ । यस्तो लक्षण देखिए छिट्टै उपचार गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित : भाद्र २५, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?