कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बलात्कृत बालिकाको उपचारमा आर्थिक अभाव

काशीराम डाँगी

रोल्पा — गत भदौ ५ मा आफन्तबाटै बलात्कृत ६ वर्षकी बालिकाको उपचारमा आर्थिक समस्या देखिएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले बालिकाको उपचारमा पनि समस्या देखिएको हो । उपचारमा सहयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । 

बलात्कृत बालिकाको उपचारमा आर्थिक अभाव

रोल्पा नगरपालिकाभित्रैको गाउँका दाई नाता पर्ने १५ वर्षका किशोरद्वारा बलात्कृत बालिकामा अचेत हुने, रुने र कराउने समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । पैसा नभएकाले उनको उपचारमा समस्या भएको परिवारको गुनासो छ ।


बालिकाकी आमा र मामा उपचारमा जुटेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन पहल गरिएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए । ‘बालिकाको परिवारको अवस्था बुझेपछि दातालाई सघाउन आग्रह गरेका छौं । बालिकालाई उनीहरुकै पहलमा अस्पतालमा पुर्‍याइएको छ ।’ प्रजिअ एमसीले भने । घटना सदरमुकाम नजिकै रहेको गाउँको हो ।


स्थानीय प्रशासनका अनुसार जिल्लामा बालबालिका र सामाजिक क्षेत्रमा कार्यरत सेभ द चिल्ड्रेन र हुरेक संस्थालाई बालिकाको उपचारमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको हो ।


रेडक्रसलाई समेत सहयोग गर्न आग्रह गरिएको छ । प्रजिअ अध्यक्ष रहेको जिल्ला बाल कल्याण समितिको बैंक खातामा साढे चार लाख रकम भएपनि उक्त रकम प्रयोग गर्नेबार माथिल्लो तहबाट निर्देशन नआएकाले सहयोग गर्न नसकिएको प्रशासनले जनाएको छ । ती संस्थाले केही खर्च जुटाएपछि बालिकालाई एम्बुलेन्स मार्फत शनिबार नै अस्पताल पुर्‍याइएको थियो ।


प्रजिअकै अगुवाईमा १७ भदौमा समितिको बैठक आयोजना गरी बालिकाको उपचार गर्न पहल थालिएको थियो । चिकित्सक, सुरक्षा संयन्त्र, जनप्रतिनिधि, अधिकारकर्मी, कानुन व्यवसायी, महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख लगायतको उपस्थितिमा बैठकले बालिकाको उपचार र सहयोगमा ध्यान दिने निर्णय गरेको थियो । बलात्कृत भएकी बालिकाको करिब ११ दिनपछि प्युठानस्थित अस्पतालमा उपचार गरिएको थियो ।


घटनाबारे कसैलाई नभन्न दबाब दिएकाले बालिकाले उक्त पीडाबारे कसैलाई बताएकी थिइनन् । स्वास्थ्यकर्मी, प्रहरी तथा परिवारको लामो प्रयासपछि बालिकाले रुदै घटना विवरण बताइकी थिइन् । बलात्कृत भएको आशंकापछि रोल्पामा ल्याइएकी बालिकाको पूर्ण स्वास्थ्य जाँच भने रोल्पा अस्पतालमा गरिएको थियो ।


स्वास्थ्यकर्मीले बलात्कार गरिएको लामो समयपछि पनि बालिका मानसिक दबाबमा देखिएकी थिइन् । बालिकाको योनाङ्गमा चोट देखिएको चिकित्सकले जनाए ।


बालिकाको उपचार बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा थालिएको छ । बालिकाका बुवा वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक पुगेका छन् । उपचार गर्न उनकी आमा र मामा साथैमा गएका छन् । उक्त घटनापछि गाउँलेहरु त्रसित छन् । अधिकारकर्मी र नागरिक अगुवाले बालिका जोगाउन सचेत हुनु पर्ने सन्देश प्रवाह गरेका छन् ।


बलात्कार गरेको अभियोगमा १५ वर्षका किशोरलाई प्रहरीले गत शुक्रबार नै पक्राउ गरिसकेको थियो । उनलाई पक्राउ गरिएकोबारे रोल्पा अदालतमा जानकारी दिएर थप अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक दीपक खड्काले बताए ।

प्रकाशित : भाद्र १८, २०७५ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?