कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दुर्घटनामा दुईको मृत्यु

दुर्गालाल केसी

दाङ — तुलसीपुरमा मंगलबार बेलुका भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ८१७ नम्बरको बस तुलसीपुरको पर्सेनी खोलामा पल्टिँदा भारत शिवहरीका ३० वर्षीय हरिकिशोर गुप्ताको मृत्यु भएको छ ।

दुर्घटनामा दुईको मृत्यु

यसैगरी तुलसीपुरमा दुई ट्याक्सी ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ज २१० नम्बरको ट्याक्सी र विपरित दिशाबाट आइरहेको लु१ज १२३२ नम्बरको ट्याक्सी ठोक्किँदा शान्तिनगर गाउँपालिका-३ की ३२ वर्षीया राधिका कँडेलको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित : भाद्र ६, २०७५ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?