२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दाङमा ६० किलो चरेससहित पाँच जना पक्राउ

दुर्गालाल केसी

दाङ — प्रहरीले दाङमा दुई दिनको अवधिमा ६० किलो चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका–९, अमिलियामा लागुऔषधको कारोबार भैरहेको सूचनाका आधारमा छापा मार्दा ६० किलो चरेससहित तीन पुरुष र दुई महिला पक्राउ परेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

दाङमा ६० किलो चरेससहित पाँच जना पक्राउ

पक्राउ पर्नेमा मुसीकोट नगरपालिका–११ रुकुुम पश्चिमका ४५ वर्षीय प्रेमबहादुर घर्ती, दार्माकोट गाउँपालिका–५ सल्यानका ३५ वर्षीय डिल्लीराज चन्द, पुथाउत्तरगंगा गाउँपालिका–१ काल्दुङ रुकुम पूर्व घर भई हाल घोराही उपमहानगरपालिका १५ बस्दै आएकी ३० वर्षीया रुपा घर्ती पुन, भूमे गाउँपालिका–२ रुकुम पूर्वकी २७ वर्षीया सपना पुन मगर र धु्रबजंग बुढा छन् ।


उनीहरुले रुकुमबाट चरेस ल्याएको बताएको जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरी शर्माले जानकारी दिए । लागुऔषध कारोबार बारे थप अनुसन्धान भैरहेको उनले बताए ।


प्रकाशित : भाद्र ४, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?