२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पाल्पा कारागारका कैदीबन्दी आन्दोलनमा  

माधव अर्याल

पाल्पा — कारागारका चौकीदार, नाइके, भाई नाइके लगायत चारजनाको सरुवा माग गर्दै  जिल्ला कारागार पाल्पाका कैदीबन्दी आन्दोलित भएका छन ।

पाल्पा कारागारका कैदीबन्दी आन्दोलनमा  

कैदीबन्दीले मुल नाइके लक्ष्मण चौधरी, चौकीदार विश्वास गुरुङका साथै देवनारायण ढुंगाना र लोकबहादुर खाँडको सरुवाको माग गरेका हुन् ।


यस्तै, बिहीबार बिहान कैदीबन्दीबीच भएको झडपमा दुई जना सामान्य घाइते समेत भए । कारागारका चौकीदार समूह र अन्य पक्षबीच झडप भएको हो । झडपमा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे सामान्य घाइते भएको कारागार प्रशासनले जनाएको छ ।


कारागारका चौकीदारलगायत चार जनाले अन्यलाई हेपेको, दमित गरेको, पाउने रकम नदिएको लगायतका माग उनीहरुले राखेका छन ।


कैदीबन्दीका अनुसार लामो समयदेखि चौकीकार लगायत चार जनाको समूहले कारागारभित्रै लागूऔषध भित्र्याउने गरेका छन् । ब्राउनसुगर, गाँजा, सुईजन्य, डाइजोपम, नर्फिन लगायतसमेत भित्रिने गरेको छ । तर कारागार प्रशासन, त्यहाँ कार्यरत सुरक्षाकर्मीले यस विषयमा कुनै वास्ता नगरेको कैदीबन्दीको आरोप छ ।


कैदी बन्दी लक्ष्मण रायमाझीले सरकारले उपलब्ध गराएको सेवा सुविधा समेत कारागार प्रशासनसँगको मिलेमतोमा चौकीदार र नाइकेले नदिएको बताए ।


प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले कैदीबन्दीले विविध माग राखेर आन्दोलनमा उत्रिदा सामान्य झडप भएको बताए । उनले दुई पक्षबीच झडप भएको बताए ।


प्रमुख जिल्ला अधिकारी मनोहर खनालले बन्दीहरुले उठाएको विवादका विषयमा गम्भीर भएर छानबिन गरिने बताए ।


जिल्ला कारागार प्रशासन प्रमुख भक्तिसरा रानाले चौकीदार र नाईकेहरु लक्ष्मण चौधरी, विश्वास गुरुङ, देवनारायण ढुंगाना र लोकबहादुर खाँडलाई प्रहरीको थुनुवा कक्षमा राख्ने बताइन् ।

प्रकाशित : श्रावण ३१, २०७५ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?