कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘प्रलोभन’मा पारेर तस्करी

आफूले भनेको नमान्ने सुरक्षाकर्मीलाई समेत चुनौती दिन्छन्
कान्तिपुर संवाददाता

परासी — पश्चिम नवलपरासीका विभिन्न सीमावर्ती क्षेत्रबाट मालसामान तस्करी बढेको छ । तस्करले सीमावर्ती क्षेत्रका व्यवसायी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई समेत प्रलोभनमा पारेर कुखुराका चल्ला र दैनिक उपभोग्य वस्तुको तस्करी गरिरहेको खुलासा भएको छ ।

‘प्रलोभन’मा पारेर तस्करी

आफूले भनेको नमान्ने सुरक्षाकर्मीलाई चुनौती दिने गरेका छन् । आइतबार राति अवैध रूपमा कुखुरा भित्र्याइरहेको जानकारीपछि रूपन्देहीको भैरहवाबाट सादा पोसाकमा पुगेका सुरक्षाकर्मीलाई तस्कर समूहले हातपात गरेको थियो ।

भारतबाट चल्ला ल्याइरहेको पिकअप जिपलाई सुरक्षाकर्मीले रोक्न खोज्दा सरावल गाउँपालिकाको हाथीवनमा झडप भएको थियो । प्रहरीका अनुसार ठुटीबारीबाट चल्ला भित्रिन लागेको सूचनाका आधारमा भैरहवाको डन्डाबाट सादा पोसाकमा सशस्त्र प्रहरी र स्थानीय दुई सञ्चारकर्मी पुगेका थिए । झडपका क्रममा दुई सुरक्षाकर्मीको टाउमा चोट लागेको छ । सुरक्षाकर्मीले ल्याएको कारमा समेत तस्करले क्षति पुर्‍याएका थिए ।

सुरक्षाकर्मी र सञ्चारकर्मीलाई आक्रमण गरेर तस्कर फरार भएको प्रहरीले जनाएको छ । गाडी तोडफोड र हातपातमा संलग्न व्यक्तिलाई प्रहरीले बुधबारसम्म नियन्त्रणमा लिएको छैन । राति दुई बजे भएको घटनापछि बेलासपुरबाट सशस्त्र प्रहरीको टोली पुगेर सुरक्षाकर्मीको उद्धार गरेको सशस्त्र प्रहरी पश्चिम नवलपरासी नम्बर २६ गणका उपरीक्षक गहार्धन राईले बताए । घाइते सुरक्षाकर्मीलाई राति भैरहवा पठाइएको थियो ।

जिल्लास्थित सीमा सुरक्षा बललाई जानकारी नगराई अर्को जिल्लाबाट आएकाले समस्या भएको राईले बताए । ‘बिनासूचना अन्य जिल्लाको सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी आउन नमिल्ने हो,’ उनले भने, ‘यस विषयमा अनुसन्धान भइरहेको छ ।’

अहिले जिल्लाका तोनवा, गेर्मी, महेशपुर, भुजहवा, गुठीप्रसौनी, पक्लिहवा नाकाबाट तयारी कुखुरा र चल्लाको तस्करी बढेको छ । सीमा नाकाबाट दैनिक ५० क्विन्टलभन्दा बढी कुखुरा भित्रिने गरेका छन् । भारतमा भन्दा नेपालमा ३० देखि ४० रुपैयाँ प्रतिकिलो कुखुराको मासु महँगो भएकाले तस्करी बढेको हो ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?