कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

प्रहरी स्कर्टिङकै ट्रकमा बम प्रहार

मनोज पौडेल

कपिलवस्तु — प्रहरी स्कर्टिङमा रहेकै बेला पूर्व–पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–१ बनकसबासा जंगलमा मंगलबार बिहान अज्ञात समुहले ना५ख ४९२२ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेको छ । 

प्रहरी स्कर्टिङकै ट्रकमा बम प्रहार



कपिलवस्तुको सीमा धानखोलाबाट प्रहरीले स्कर्टिङ गरि चन्द्रौटातिर सवारी साधन ल्याइरहेको बेला बिहान ९ बजे पेट्रोल बम प्रहार गरिएको थियो । ट्रकको चालक पट्टीको माथिल्लो ढालामा सामान्य क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । विस्फोट गराउनेको खोजी भइरहेको वडा प्रहरी कार्यालय निरीक्षक महेश्वर उपाध्यायले बताए । ।

प्रकाशित : श्रावण २९, २०७५ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?