कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

घर भत्कँदा दुई घाइते 

माधव अर्याल

पाल्पा — अविरल वर्षाका कारण पाल्पाको तानसेन नगरपालिका–६ बर्तुङ्गमा घर भत्कँदा दुई जना घाइते भएका छन् । 

घर भत्कँदा दुई घाइते 

भूकम्पले चर्केको घरमा बस्दै आएका ढकेश्वर पोखरेलको घर भत्कँदा उनको श्रीमती लक्ष्मी पोखरेल र उनका छोरा अनिल पोखरेल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई अवस्था सामान्य रहेको छ ।


पहिरो खस्दा भित्रै पुरिएकाले दुवैको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । शनिबार बिहान पानी परिरहेका बेला अचानक घर भत्केको थियो । घर भत्किँदा परिवारका सबै सदस्य भित्रै रहेका थिए ।


भूकम्प जाँदा चर्केको घरमा इन्जिनियरले टालटुल गरेर बस्न हुन्छ भन्ने सिफारिस गरेका थिए ।


घर भत्केको थाहा पाएपछि तत्काल वडाअध्यक्ष सामगरमान महर्जनले टेन्ट लगेर सामग्री सुरक्षित गर्नेतर्फ लागेका थिए ।


भत्किएको घरमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय तत्काल उद्दारका लागि पुगेका थिए ।


जिल्लाका अधिकांश घर भूकम्पले क्षति पुगेपनि टालटुल गरेर बसेका छन ।

प्रकाशित : श्रावण २६, २०७५ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?