सुस्ता गाउँपालिकाका अध्यक्षमाथि दुर्व्यवहार - प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुस्ता गाउँपालिकाका अध्यक्षमाथि दुर्व्यवहार 

नवीन पौडेल

परासी — नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेलाई दुर्व्यवहार गरेका छन् ।

सोमबार विहान कार्यालय समयमा चार जनाको समूहमा पुगेका विप्लव कार्यकर्ताले अध्यक्ष पाण्डेलाई कालो मोसो लगाएर दुर्व्यवहार गरेका हुन् ।


कामको बहाना बनाएर पुगेका उनीहरुले अध्यक्ष पाण्डेलाई कालो मोसो दलेका थिए । नेकपाको जनपरिषद्ले सबै स्थानीय तहका जनप्रतिनिधिले राजीनामा गर्न पत्रचार गरेपनि राजिनामा नगरेकाले कारबाही गर्न सुरु गरिएको जनाएको छ ।


तीन महिनाअघि नेकपाको जनपरिषद्को नामबाट नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई पत्र पठाएर राजीनामा गर्न भनेको थियो । अध्यक्ष पाण्डेले स्थानीय तहमा चर्को कर लगाएको, कमिशन लिएर प्राकृतिक स्रोत साधनको दोहन गर्न लगाएको, आफैले विद्यालय चलाएको आरोप लगाएको छ ।


प्रकाशित : जेष्ठ २८, २०७५ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्

पेट्रोलियम पदार्थ बिक्रीवितरण ठप्प पारेको आरोपमा पक्राउ

सन्तोष सिंह

जनकपुर — पेट्रोलियम पदार्थ बिक्री वितरण ठप्प पारेको आरोपमा निगमको महेन्द्रनगर डिपोका प्रमुख सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निगमको महेन्द्रनगर डिपोका प्रमुख इन्जिनियर मोहन कुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याकर व्यवसायि संघका अध्यक्ष किसुनदेव साहलाई पक्राउ गरिएको छ ।

बजारमा कृत्रिमा पेट्रोलियम अभाव सृजना गर्न खोजिएको आरोपमा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बजारमा पेट्रोलियम अभाव सृजना गर्ने व्यवसायिमाथि निगरानी बढाइएको र बिक्री बितरण रोकेको खण्डमा पक्राउ गरी कारबाही गरिने प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

निगमका कर्मचारी, पेट्रोलियम डिलर्स र ट्यांकर व्यवसायीबिच विवादले यहाँ बिक्री वितरण रोकेर बजारमा असहज अवस्था सृजना गरिएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७५ १७:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×