कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सांसद अभिभावक पाउँदा अनाथ फुरुङ्ग

‘शैक्षिक गुणस्तर राम्रो बनाउन सधैं लागिरहन्छु’
वीरेन्द्र केसी

अर्घाखाँची — छत्रदेव गाउँपालिका ३ बल्कोट दीप प्रावि कक्षा दुईकी प्रथम भगवता खनाल तीन कक्षा पढ्ने रहर हुँदाहुँदै भर्ना हुन सकेकी थिइनन् । घरको आर्थिक अवस्था दयनीय भएकै कारण पढाइ छाड्ने सोचाइमा उनी थिइन् ।

सांसद अभिभावक पाउँदा अनाथ फुरुङ्ग

दुई वर्षअघि बाबुको मृत्युपछि पढाइ खर्च जुटाउन नसक्दा उनकी आमाले स्कुल छोडाउने अवस्था थियो ।


भगवताको जीवनमा बुधबार एकाएक खुसी छायो । प्रदेशसभा सदस्य चेतनारायण आचार्यले दीप प्रावि पुगेर उनलाई कक्षा ३ मा भर्ना गरिदिए । संरक्षक अभिभावक बनेर कक्षा दशसम्म लाग्ने सबै खर्च व्यहोर्ने भन्दै आचार्य स्कुल पुग्दा उनको जीवनले अर्कै मोड लियो ।


आचार्यले आमा तुल्सालाई छोरी पढाउने खर्च मैले उपलब्ध गराउँछु र घरखर्च चलाउन कुनै व्यवस्था हुन्छ भनेपछि आमाछोरीको मुहार हँसिलो देखियो । उनलाई बुधबार स्कुल परिसरमै झोला, किताब, कापी, कलम, एक जोर जुत्ता, कपडा थमाएर भर्ना गरे ।


कक्षा दुईमा प्रथम भगवतालाई सांसदले भने, ‘नानी राम्ररी पढ्नु, सधैं फस्ट हुनु, तिमीले राम्ररी पढ्यौ भने उच्च शिक्षामा पनि म सघाउनेछु, ।’ माननीयको अगाडि मुस्कान छर्दै उनी भन्दै थिइन्, ‘हुन्छ म राम्ररी पढ्छु ।’ त्यसपछि आफूले पढ्ने कक्षाकोठा हेरिन् । आफ्नो इच्छा पूरा भएकोमा फुरुङ्ग थिइन् ।


आचार्यले सोही वडाको जनशान्ति आधारभूत विद्यालयमा पनि दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरे । भारतमा बाबु बेपत्ता भएका र आमाले अर्को विवाह गरेर हजुरबाआमासँग बस्दै आएका सन्दीप नेपालीलाई कक्षा तीनमा भर्ना गराएका छन् ।


सन्दीपकी हजुरआमा कमलाले नातिलाई पढाइ खर्च उपलब्ध गराएर सांसद आचार्यले ठूलो गुन लगाइदिएको बताइन् । ‘हामी बुढेसकालमा पुग्यौं कसरी पढाउने भन्ने चिन्ता थियो,’ उनी भन्छिन्, ‘अब चिन्ता भएन । नातिलाई राम्ररी पढाउँछौं । उसको भविष्य उज्ज्वल हुनेमा उनी आशावादी छिन् ।


म धेरै खुसी छु, अनाथ बालकलाई शिक्षा दिने अभिभावक पाइयो, मैले हेरचाह गर्छु, सांसदले पढाइदिनुहुन्छ । त्यस्तै बाबु गुमाएका ४ वर्षीय अनन्त घर्तीलाई पनि शिशु कक्षामा भर्ना गरिदिए । राम्ररी पढे तीनैजनालाई उच्च शिक्षासम्म पढाउँछु, आचार्यले भने । स्कुलमा पुगेर तीनजनाको संरक्षक अभिभावक बनी भर्ना गरिदिए ।


पढ्न नपाएका घर्ती र नेपालीलाई स्कुल भर्ना गरिदिएर राम्ररी शिक्षा दिने काममा ठूलो जिम्मेवारी दिनुभएकोमा सांसदलाई प्रधानाध्यापक टोपलाल पाण्डेले धन्यावाद दिए ।
तल्लो तहका कक्षामा विद्यार्थी संख्या न्यून भएर बन्द हुने अवस्थामा निजीको भन्दा पढाइमा गुुणस्तर अझ राम्रो बनाउन आचार्यले शिक्षकलाई अनुरोध गरे । शैक्षिक गुणस्तर राम्रो बनाउन आफूले पनि सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । जिल्लामा १४ गतेसम्म पहिलो चरणको अभियान सकिएको छ । १५ देखि ३० गतेसम्म छुटेकालाई घरदैलो गरेर भर्ना गर्ने कार्यक्रम राखिएको थियो ।


सबै स्कुलका शिक्षक, अभिभावक, दलका नेतासहित सरोकारवालालाई परिचालन गरी भर्ना प्रचारात्मक अभियान सञ्चालन भइरहेको राउतले बताए । शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका ६ वटै स्थानीय तहका ३ सय ८७ विद्यालयमा अभियान चलाएको छ ।

प्रकाशित : वैशाख २०, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?