दाउन्नेमा एकतर्फी सडक खुल्यो

नारायण शर्मा

नवलपरासी — महेन्द्रराजमार्ग अन्तरगत दाउन्ने पहाडमा २ वटा ट्रक आपसमा जुध्दाँ अवरुद्ध भएको सडक १० घण्टापछि एकतर्फी सुचारु भएको छ ।  

दाउन्नेमा एकतर्फी सडक खुल्यो

बिहीबार राति १२ बजेदेखि अवरुद्ध रहेको सडक बिहान ९ बजेवाट खुलेको हो । सडक अवरुद्ध हुँदा महेन्द्र राजमार्ग हुदैँ पूर्वपश्चिम हिडेका हजारौं गाडी दाउन्नेमा अलपत्र थिए । ट्रक जुध्दाँ २ जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।


जिल्ला ट्राफिक प्रहरीका हवल्दार पदम बडुका अनुसार राति १२ बजे काठमाण्डौतर्फ हिडेको ना २ ख ७९९६ नम्बरको नेपाली ट्रकलाई पछाडिबाट आउदै गरेको भारतीय ट्रकले ठक्करदिदाँ दुबै ट्रक पल्टिएर सडक अवरुद्ध भएको हो ।

प्रकाशित : वैशाख १४, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?