२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ट्रयाक्टर दुर्घटनामा २ बालकको मृत्यु, ३ घाइते

काशीराम डाँगी

रोल्पा — यहाँ बुधबार ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । रोल्पा नगरपालिका–१० धबाङको साउनेपानीमा भएको ट्रयाक्टर दुर्घटनामा हुँदा तीनजना घाइते भएका छन् ।

ट्रयाक्टर दुर्घटनामा २ बालकको मृत्यु, ३ घाइते

धवाङ गाउँबाट ढुंगा बोकेर बुधबार अपराह्न करिब ४:३० बजे साउनेपानी गाउँ नजिकैको सडकबाट रा १ च ३३६६ नम्बरको ट्रयाक्टर पल्टिएको हो । मृत्यु हुनेमा दुई बालक छन् । प्रहरीले दुर्घटनामा रोल्पा नगरपालिका–१० साउनेपानीका १४ वर्षका दिलबहादु विष्ट र १५ वर्षका बालाराम विष्ट छन् । दुवैको घटनास्थमै मृत्यु भएको हो ।


घाइते हुनेमा साउनेपानीकै कुशल विष्ट, विकास विष्ट छन् । ट्रयाक्टर चालक सुनील स्मृति गाउँपालिका–६ पातीहाल्नाका नमराज महरा घाइते छन् । उनीहरूको अवस्था चिन्ताजनक रहेको प्रहरी निरीक्षक नरबहादुर खड्काले बताए । भर्खरै खनेको सडकबाट ट्रयाक्टर एक सय मिटर तल खसेको हो ।


दुर्घटनाको खबर सुनेपछि उद्धार गर्न जिल्ला प्रहरी कार्यालयले सई हेमन्त केसीको नेतृत्वमा प्रहरी टोली खटाएको थियो । घटनास्थलमा उद्धार गर्न गाउँले समेत पुगेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।


घाइते तीनैजनालाई एम्बुलेन्सबाट उपचार गर्न जिल्ला अस्पताल रेउघामा लगिएको छ ।


प्रकाशित : फाल्गुन ३०, २०७४ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?