नवलपुर — पहिरो खसेपछि कालीगण्डकी करिडोरअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा सडक अवरुद्ध भएको छ । गैंडाकोट नगरपालिका-३ हिउँदेखोला र तरङ्गखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोर हुँदै गैंडाकोटबाट पहाडी भेग र पाल्पाको रामपुरतर्फ यातायात सञ्चालन हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलका अनुसार पहिरो हटाउनका लागि समन्वय भइरहेको छ । पहिरो वर्षा रोकिएपछि हटाइने भएकाले स्थानीयलाई कल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रकाशित : श्रावण २७, २०८१ ०८:१८