गोरखा — तीन साताको अवधिमा गोरखामा ७३ जनामा डेंगीको संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको बिहीबारसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी गोरखा नगरपालिकमा ४२ जनामा डेंगीको संक्रमण देखिएको छ ।
पालुङटार नगरपालिकामा १८, आरुघाट गाउँपालिकामा १० र अजिरकोट, गण्डकी र वारपाक सुलकोट गाउँपालिकाका १/१ जनामा डेंगीको संक्रमण देखिएको हो ।
त्यस्तै, साउन महिनामा मात्र ८२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । गोरखा नगरपालिकामा २०, पालुङटार नगरपालिकामा १८, भिमसेन थापा गाउँपालिकामा २ र आरुघाट गाउँपालिकामा ४२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।
प्रकाशित : श्रावण २४, २०८१ १९:४८