कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

जीपी कोइराला अस्पतालमा दश शय्याको डेंगी वार्ड स्थापना

श्रावण २३, २०८१
जीपी कोइराला अस्पतालमा दश शय्याको डेंगी वार्ड स्थापना

तनहुँ — शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेंगी वार्ड स्थापना भएको छ । अस्पतालमा डेंगी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए ।

अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेंगी फैलिएको थियो । हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेंगी परीक्षण गरिएकामा ९६ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए । डेंगी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन् ।

यसैबीच दमौली अस्पतालमा पनि डेंगी परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालका प्रमुख डा परिर्वतन बरालका अनुसार दुई सय २३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।


प्रकाशित : श्रावण २३, २०८१ ०९:०४
x
×